
काठमाडौँ, कात्तिक १७ । दोलखाबाट काठमाडौँ आउँदै गरेको बस सुनकोशीमा नदीमा खसेको छ । दोेलखाको मागा देउरालीबाट छुटको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशी नदीमा खसेको हो ।
दुर्घटनामा ४ जनाको मृत शरीर भेटिएको सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले दियोपोस्टलाई जानकारी दिएकी छिन् । उनका अनुसार दुर्घटना पछि घाइते अवस्थामा उद्धार गरिएको १२ जनालाई एम्वुलेन्सबाट नजिकैको अस्पताल लगिएको छ ।
प्रमुख जिल्ला अधिकारी चेम्जोङले बसमा कति यात्रु थिए भन्ने जानकारी उपलब्ध नभइसकेको कारण घाइते तथा वेपत्ताहरुको विवरण नआएको बताएकी छिन् । घाइतेहरुको उद्धारका लागि घटनास्थलमा प्रहरी र स्थानीयहरु खटिएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।