नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला

दियोपोस्ट संवाददाता

काठमाडौँ, कात्तिक १७ । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरिने भएको छ । आइतबार बसेको मन्त्रीपरिषद वैठकले कोइरालालाई काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

मुटुरोग विशेषज्ञ डाक्टर कोइराला त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए ।

कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न शिक्षामन्त्री संयोजक रहेको सर्च कमिटिले सिफारिस समेत गरेको थियो ।

सम्बन्धित खबर