
काठमाण्डौ – सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।
दोलखाबाट काठमाण्डौका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तर्गत सुकुटेबाट सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बसमा ३० देखि ४० जना यात्रु रहेका थिए । अहिले उद्धारको काम भैरहेको छ । २० जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारीले गोमादेवि चेम्जोङले जानकारी दिएकी छिन् ।
दुर्घटनामा ज्यान गुमाउने यात्रुको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।