
काठमाडौँ, कात्तिक १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको आकस्मिक वैठक बोलाएका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीले साँझ साढे ६ बजेका लागि आकस्मिक मन्त्रीपरिषदको वैठक बोलाएका छन् ।
वैठक किन र के का लागि बोलाइएको हो भन्ने विषयमा भने कुनै सदस्यहरुलाई पनि सुचना दिइएको छैन ।
आइतबार दिउँसो बसेको मन्त्रीपरिषदको वैठकले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।
आइतबार साँझ बस्ने भनिएको मन्त्रीपरिषदको आकस्मिक वैठकको छलफलको एजेण्डा भने सार्वजनिक गरिएको छैन ।