काठमाडौँ, कात्तिक १७ । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ । दोलखाको माग देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस आइतबार विहान सुनकोशीमा खसेको हो ।
६० जना भन्दा बढी सवार रहेको उक्त बस सडकबाट १०० मिटर तल खसेको थियो । प्रहरीका अनुसार १२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजनाको भने उपचारको क्रममा मृत्यु भएको छ । मृतकहरु कसैको पनि सनाखत हुन सकेको छैन ।
बसमा रहेको यात्रु संख्याको यकिन विवरण नभएको कारण खोजी कार्य जारि राखिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । दुर्घटनामा ४९ जना घाइते भएका छन् भने तीमध्य ४७ जनालाई काभ्रे जिल्ला अस्पताल धुलिखेलमा उपचारको लागि लगिएको छ ।
जिल्ला अस्पताल धुलिखेलमा उपचार गराइरहेमा निलिशा तामाङ, अक्रानी कार्की, छत्र कुमारी थापा, सुनिल थापा, जीवन खड्का, समिर श्रेष्ठ, मिनकुमार श्रेष्ठ, संगिता श्रेष्ठ, जेनिशा तामाङ, सदिक्षा कार्की, सुरेश तामाङ, सहनशीला घिसिङ, कौशीला कार्की, प्रविन आले मगर, बबिता श्रेष्ठ, कोेपीला कार्की, हरिमाया थापा, सीमा कार्की, युनिशा खड्का रहेका छन् ।
यसैगरि मनिक खड्का, कमला मोक्तान, डोल्मा तामाङ, श्रीकृष्ण कार्की, शिसीर तमाङ, सुनिता तामाङ, सशिता तामाङ, युनिशा तामाङ, रश्मि बस्नेत, सबिता थापा, निरक श्रेष्ठ, रबिन मोक्तान, निकेश श्रेष्ठ, रञ्जना केसी, सरिता तामाङ, जितबहादुर खड्का, लोक बहादुर थापा, रोमन तिमल्सिना, बिमला तामाङ, दिपा घिसिङ, रोमा घिसिङ, सुजन तामाङ, गोमा श्रेष्ठ, शुकमान बिक, सुजन घिसिङ, सदिक्षा बस्नेत, चेत बहादुर बस्नेत रहेका छन् ।
नदिमा खसेकोे बसलाई क्रेनको सहायताले सडकमा ल्याइएको छ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरु उद्धारमा जुटेका छन् ।