
काठमाडौँ, कात्तिक १७ । सिन्धुपाल्चोक बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १५ पुगेको छ । दोलखाको माग देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस आइतबार विहान सुनकोशीमा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा ज्यान गुमाउने मध्य पाँच जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जानकारी दिएको छ । दोलखाको भिमेश्वर नगरपालिका ९ का रञ्जिता केसी, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ का चमेली श्रेष्ठ र उनकी ६ वर्षकी छोरी साइराने श्रेष्ठ, दोलखाको सैलुङ गाउँपालिका ३ का रत्नकुमारी रावत र सैलुङ ३ कै ३ महिने शिशु सिसम तामाङको परिचय खुलेको हो ।
दुर्घटनामा ज्यान गुमाएका अन्यको परिचय खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । बसमा कति सवार थिए भन्नेबारको यकिन विवरण नभएका कारण दुर्घटनामा अझै मानिसहरु हराइरहेको हुनसक्ने अनुमान प्रहरीको छ ।
हालसम्म प्रहरीले ४९ जनालाई उपचारको लागि अस्पताल पुठाएको छ । तीमध्य ४७ जनालाई जिल्ला अस्पताल धुलिखेल पुर्याइएको छ । जिल्ला अस्पताल धुलिखेलमा उपचार गराइरहेमा निलिशा तामाङ, अक्रानी कार्की, छत्र कुमारी थापा, सुनिल थापा, जीवन खड्का, समिर श्रेष्ठ, मिनकुमार श्रेष्ठ, संगिता श्रेष्ठ, जेनिशा तामाङ, सदिक्षा कार्की, सुरेश तामाङ, सहनशीला घिसिङ, कौशीला कार्की, प्रविन आले मगर, बबिता श्रेष्ठ, कोेपीला कार्की, हरिमाया थापा, सीमा कार्की, युनिशा खड्का रहेका छन् ।
यसैगरि मनिक खड्का, कमला मोक्तान, डोल्मा तामाङ, श्रीकृष्ण कार्की, शिसीर तमाङ, सुनिता तामाङ, सशिता तामाङ, युनिशा तामाङ, रश्मि बस्नेत, सबिता थापा, निरक श्रेष्ठ, रबिन मोक्तान, निकेश श्रेष्ठ, रञ्जना केसी, सरिता तामाङ, जितबहादुर खड्का, लोक बहादुर थापा, रोमन तिमल्सिना, बिमला तामाङ, दिपा घिसिङ, रोमा घिसिङ, सुजन तामाङ, गोमा श्रेष्ठ, शुकमान बिक, सुजन घिसिङ, सदिक्षा बस्नेत, चेत बहादुर बस्नेत रहेका छन् ।
नदिमा खसेकोे बसलाई क्रेनको सहायताले सडकमा ल्याइएको छ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरु उद्धारमा जुटेका छन् ।