आलमसहित १० जनालाई जन्मकैदको माग गर्दै मुद्धा चलाउने सरकारी वकिलको निर्णय

दियोपोस्ट संवाददाता

रौतहट, कात्तिक १८ । नेपाली काँग्रेसका निलम्वित सांसद मोहम्मद अफ्ताव आलमसहित १० लाई जन्मकैदको माग गर्दै सरकारी वकिलको कार्यलयले रौतहट जिल्लामा मुद्धा पेश गरेको छ ।

१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो।

प्रहरी प्रतिवेदनमा भएका तथ्य र प्रमाण हेरेर सरकारी वकिल कार्यालयले मुद्दा चलाउने नचलाउने निर्णय गर्नेछ।

प्रमुख सरकारी वकिल कटुवालले सोमबारसम्म मुद्दा चलाउने नचलाउने निर्णय गरिने जानकारी दिए।

१२ वर्षअघि पनि प्रहरीले आलमविरूद्ध ओसी अख्तर र पिन्टुको हत्या गरेको भन्दै सरकारी वकिलमा प्रतिवेदन लगेको थियो।

१२ वर्षअघिको उक्त प्रहरी प्रतिवेदनको घटनास्थल मुचुल्कामा बम विष्फोट नभएको उल्लेख थियो। घटनाको धेरै दिनपछिमात्र अनुसन्धान थालिएको थियो। तर त्यतिखेर बम विष्फोट भइ अख्तर र पिन्टु घाइते भएको देख्ने प्रत्यक्षदर्शी सराजुल मियाँले कागज गरेका थिए।

अख्तरका आमा रूक्साना खातुन र पिन्टुका बुवा श्रीनारायण सिंहले दिएको जाहेरी र मियाँले गरेको कागजका आधारमा त्यतिबेलै प्रहरीले आलमलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद हुनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो। सरकारी वकिल कार्यालय रौतहटले भने मुद्दा नचल्ने निर्णय गरेको थियो।

सम्बन्धित खबर

सिफारिस