प्रदेश प्रमुखको टुंगो लगाउन बालुवाटारमा मन्त्रीपरिषद वैठक

दियोपोस्ट संवाददाता

काठमाडौँ, कात्तिक १७ । प्रदेश प्रमुखको नाम टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा वैठक शुरु भएको छ । सोमबार नेकपा सचिवालय वैठकले प्रदेश प्रमुखका लागि सात जनाको नाम सिफारिस गरेसँगै सो बिषयमा निर्णय लिनका लागि बालुवाटारमा मन्त्रीपरिषद वैठक शुरु भएको हो ।

नेकपा सचिवालय बैठकले अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

यद्यपि कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो लगाउने छ । आइतबारको मन्त्रीपरिषद वैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेको थियो ।

सम्बन्धित खबर

सिफारिस