प्रदेश प्रमुखको नाम राष्ट्रपति समक्ष सिफारिस, प्रदेश ३ मा विष्णु प्रसाईँ

दियो पोस्ट  

काठमाडौँ, कात्तिक १८ । सरकारले सात वटै प्रदेशमा प्रदेश प्रमुख नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद वैठकले कुन प्रदेशमा कसलाई प्रमुख बनाउने भन्ने विषयको निर्णय गरेपछि कार्यन्वयनका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको हो ।

आइतबारको मन्त्रीपरिषद वैठकले सातवटै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेलगत्तै प्रदेश प्रमुखका रुपमा नयाँ अनुहारहरु आउन लागेका हुन् । जसमध्य प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसार्ईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको छ ।

सरकारले सिफारिस गरेको प्रदेश प्रमुखको विषयमा सत्तारुढ दल नेकपाकै वरिष्ठ नेता माधव कुमार नेपालले भने असन्तुष्ठ व्यक्त गरेका छन् । उनले एकलौटी ढंगले प्रदेश प्रमुखको नाम सिफारिस गरेको भन्दै नेतृत्वमाथि असन्तुष्ठ व्यक्त गरेका हुन् । हाल सिफारिसमा परेका मध्य एक जना व्यक्ति पनि आफु समर्थित नभएको भन्दै नेपालले विरोध जनाएका हुन् ।

राष्ट्रपति भण्डारीले सिफरिसलाई सदर गरेपछि कार्र्यान्वयन हुने कानुनी व्यवस्था रहेको छ ।