आलम बयानका लागि अदालत उपस्थित

दियोपोस्ट संवाददाता

काठमाडौं,कात्तिक १९ । पुर्व मन्त्री तथा सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले जिल्ला अदालत गौरमा बयानका लागि ल्याएको छ । ११ बजे आलमलाइ प्रहरीले अदालत उपस्थित गराएको हो ।

जिल्ला अदालत गौरका न्यायाधीश दिपक ढकालको ईजालसमा आलमको बयान लिने काम भइरहेको छ । ८ सय १८ पेजको मिसिल सरकारी वकिलको कार्यलयले जिल्ला अदालतमा बुझाएको छ । सदरमुकाम गौर र जिल्ला अदालत वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आलमको ब्यान सकिएपछि जिल्ला न्यायधिवक्ता खडिन्द्र राज कटुवालले बहस सुरु गर्ने बुझिएको छ । त्यसपछि सहन्यायधिवक्ता सुर्य राज दहाल, पर्सा जिल्ला न्यायधिवक्ता रुद्र प्रसाद पन्थी, उपन्यायधिवक्ता अर्जुन प्रसाद कोइराला र सहायक न्यायधिवक्ता राम प्रसाद पन्थीले पीडितको पक्षमा बहस गर्ने जिल्ला न्यायधिवक्ता खडिन्द्र राज कटुवालले बताए ।

अधिवक्ता पौडेलले दिएको जानकारी अनुसार दुईजना वरिष्ठ अधिवक्ता सहित आशिक राम कार्की, गोबिन्द शर्मा बन्दी, रुद्र पोखरेल, कुमार शर्मा, राजकुमार महासेठ, ओम प्रकाश अर्याल, शतिषराज मैनाली र अमर राउतले पीडितको पक्षमा बहस गर्ने पौडेलले बताए । आलमको पक्षमा बहस गर्ने वकिलहरुको वकालतनामा आइपुगेको छैन ।