काठमाडौं,कात्तिक २० । काँग्रेसको सस्थापन इतर पक्षले उपनिर्वाचनका लागि उम्मेदवारी छनोटको विषयमा विमति राखेको छ ।
बुधबार विहान बसेको पार्टी पदाधिकारी बैठकमा समूहगत शक्ति सन्तुलन नमिलेपछि बैठक बहिस्कार गरेको संस्थापन इतर पक्षका एक नेताले बताए ।
ती नेताले भने, ‘हामी सबै ९वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष सितावेदी यादव०ले सभापतिजीलाई जे गर्नुछ तपाईँ गर्नुहोस् भनेर निस्कियौँ ।’
उम्मेदवार छनोटको अन्तिम निर्णय लिन यतिबेला संस्थापन पक्ष छलफलमा छ । जसमा सभापति शेरबहादुर देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा मात्र सहभागी छन् ।
इतर पक्षले उम्मेदवारी छनोटको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागी नुहने समेत जनाएको छ । काँग्रेसले आजै उम्मेदवार चयनबारेको पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।