उपचुनावको लागि उम्मेदवारको मनोनयन दर्ता आज

दियो पोस्ट  

काठमाठडौं, कार्तिक २१ । मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उपचुनावको लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तयारी भैरहेको छ ।

उम्मेदवारीमाथि दाबी विरोध उम्मेदवारी फिर्ता लगायत प्रक्रिया पूरा गरी उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशन गरिनेछ ।

पालिकाका सदस्य पदको उम्मेदवारको मनोनयनपत्र दर्ता भने आउँदो बुधबार हुनेछ ।

मंसिर १४ गते प्रतिनिधिसभाका एक जना सहित तीनजना प्रदेशसभा सदस्य र पालिकाका चारजना प्रमुख, एक जना उपाध्यक्ष र ४३ जना वडाअध्यक्ष गरी ३७ जिल्लाका ५२ ठाउँमा मंसिर १४ गते मतदान हुँदैछ ।

सिफारिस