काठमाडौं,कात्तिक २२ । काठमाडौं जिल्ला अदालतले उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ ।
हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिइएको हो ।
उनीहरु हिजोराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरुलाई हाउजिङका नाममा विभिन्न व्यक्तिसँग १ करोड ३६ लाख रुपैयाँ उठाएर ठगी गरेको आरोप लागेको छ ।