भारतले बन्द गरायो नेपालगन्ज नाका, नेपाली प्रशासनलाई थाहै छैन

भारतले बन्द गरायो नेपालगन्ज नाका, नेपाली प्रशासनलाई थाहै छैन

बाँके, कार्तिक २३ । नेपाललाई ओपचारिक जानकारी नै नगराई भारतले नेपालगञ्ज नाका बन्द गरेको छ। भारतीय अधिकारीहरुले बिहानमात्रै नाका सील गरेको बारेमा जानकारी दिएको बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंहको भनाई छ ।

नाका बन्द गरेकोबारेमा औपचारिक रुपमा जानकारी नआएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र पारेको विषयमा नेपालमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनदेखि भारतविरुद्ध दैनिक प्रदर्शन भइरहेकाले त्यसकै कारण नाका बन्द गरिएको भनिएपनि कारण अर्कै रहेको भारतीय अधिकारीको प्रतिक्रिया छ ।

भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेका हुन् । भारतले नाका सील गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको छ ।

भारतीय प्रहरीले नेपालबाट कोहीलाई पनि प्रवेश गर्न दिएका छैनन् । बिरामी बोकेका एम्बुलेन्सलाई मात्रै जान दिएका छन् ।
बिहान एक्कासी नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरु अलपत्र भएका छन्।

Trending News