काठमाडौँ, मंसिर २ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली थ्री ए जलविद्युत परियोजनाको उद्घाटन गरेका छन् । ६० मेगावाट क्षमता परियोजनाको उद्घाटन गर्नका लागि प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित आफ्नो कार्यलयभित्र रहेको वार रुम बाट स्वीच थिचेका थिए ।
काठमाडौंबाट प्रधानमन्त्री ओलीले र निर्माणस्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन,अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा उदघाटन गरेका हुन्।
उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ।यसअघि माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको पहिलो र दोस्रो युनिट (३०–३० मेगावाट) को परीक्षण उत्पादन सुरु भइसकेको छ।