पोखरा, मंसिर ९ । पोखरा महानगरपालिका वडा नम्बर १७ हिमाली टोलमा शक्तिशाली बम विस्फोट भएको छ । महानगरपालिका अन्तर्गत वडा नम्बर ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको घरमा पार्किङ गरेर राखिएको बम गाडीमा बम विस्फोट भएको हो ।
ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा सोमबार बिहान ३ बजेतिर विस्फोट भएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । बम विस्फोटबाट गाडीको अगाडीको भागमा पुर्ण रुपमा क्षति पुगेको छ ।
गाडीमा बम विस्फोट कसले गरायो भन्ने बारेमा भने अहिले सम्म खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यलय कास्कीले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।