
कास्की, मंसिर १४ । कास्की क्षेत्र नं २ पोखराको मतदानस्थल नजिकै बम विस्फोट भएको छ ।
पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।
मतदान भइरहेका बेलाशनिबार विहान कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
मानिस नभएको स्थानमा बम खसेकाले अप्रिय घटना भन भएको छैन । बम विस्फोटबाट ढुङ्गाहरु उछि्ट्टिएका छन्। ठूलो आवाजसहित विस्फोट भएपनि मतदान भने रोकिएको छैन।
बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । घटना कसले घटाएको हो भन्ने खुलेको छैन । थप विवरण आउन बाँकी छ ।