काठमाडौं, १४ मंसिर । उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनी आगामी २० औँ अध्यक्ष निर्वाचित हुने पक्का जस्तै भएको छ ।
हाल बरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा स्वत : अध्यक्ष बन्ने छन् ।
३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत ल्याएका छन् । २० प्रतिशत मत भार रहकेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मत भार रहेको जिल्ला–नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याए ।
शनिबार राति नै मत परिणाम आएको महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघई विजयी भइसकेका छन् ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गरेकोले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको थियो ।
विजयी भएपछि ढकालले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका थिए । ‘‘मैले पहिला पनि भनेको थिए। १३ गते९शनिबार०पछि पक्षविपक्ष हुँदैन्। हामी सबै एकै ठाउँ हुन्छौं,’ निर्वाचित भएपछि संचारकर्मीसँग ढकालले भने, ‘मेरो अध्यक्ष शेखर गोल्छानै हो। हामी एक ठाउँमा बसेर निजी क्षेत्रको आवाज उठाउनेछौं,’ ढकालले भने ।