
Interview with Nepal Communist Party (NCP) Chief Whip and the party’s Standing Committee member Dev Prasad Gurung, in Kathmandu, on Friday, February 15, 2019. Photo: Naresh Krishna Shrestha/THT
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल भएको छ। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पदाधिकारी बैठक चुनावी समीक्षामा केन्द्रित रह्यो। महासचिव देवप्रसाद गुरूङले चुनावी समीक्षा र सरकारबारे सामान्य रूपमा छलफल गरिएको पत्रकारहरूलाई बताए। उनले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बनाउने पहिलो प्रयास रहने बताएका छन्।
‘अहिलेको गठबन्धनलाई तोड्ने वा फोड्ने कुरा भएको छैन। आपसी समझदारीलाई जोड दिने हो। अहिलेको गठबन्धनको विकल्पबारे सोचेका छैनौं,’ गुरूङले भने, ‘गठबन्धनको बैठक गरेर समीक्षा गर्छौं।’ गुरूङका अनुसार सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक सोमबार बस्ने तय भएको छ। उक्त बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल हुनेछ। उनले गठबन्धनको विकल्प पार्टीले अहिले नै नखोजेको र गठबन्धनबाट नै नयाँ सरकार बनाउन माओवादीको पहिलो प्रयास भएको बताए। शनिबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता कृष्णबहादुर महराले नयाँ सरकार बनाउन सबै विकल्पमा पार्टी खुला रहने बताएका थिए। तर महासचिव गुरूङले भने अहिले गठबन्धनबाहेक अन्य केही विकल्पमा छलफल नगरिएको दाबी गरेका छन्।