चुनावसँगै एमालेसँगको सहकार्य सकियो : उपेन्द्र यादव

दियो पोस्ट  

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले भने, ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स सकिएको छ ।’ ४ मंसिरको चुनावमा यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए ।

सिफारिस