काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ । उपसभापति खड्काको निजी निवास गल्फुटारमा आइतबार दुईबीच शिष्टाचार भेट भएको हो । उनले अध्यक्ष राउतलाई प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा जनमत पार्टीले हासिल गरेको विजयका लागि बधाई तथा शुभकामना दिएका थिए । भेटमा सन्दर्भमा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । समसामयिक एजेन्डाबारे पनि छलफल भएको भन्दै उपसभापति खड्काको सचिवालयले छलफल सकारात्मक र उपलब्धिमूलक रहेको बताएको छ ।