भारतका अर्थ राज्यमन्त्री र विनोद चौधरीबीच भेट, के भयो कुराकानी ?

दियो पोस्ट  

काठमाडौं । नवनिर्विाचित संसद तथा उद्योगपति विनोद चौधरी र भारतका अर्थ राज्यमन्त्री पंकज चौधरीबीच भेटवार्ता भएको छ ।

विनोद चौधरीले राज्यमन्त्रीसँगको भेटमा नवलपरासीको सर्वाङ्गीण विकास तथा रणनीतिक आयोजनाबारे छलफल भएको बताएका छन् ।

सामाजिक सञ्जालमा चौधरीले लेखेका छन् -‘पंकज चौधरीजी को भेटेर धेरै खुशी लाग्यो । मेरो निर्वाचन क्षेत्र नवलपरासीसँग जोडिएको भारतको महाराजगञ्ज युपीबाट प्रतिनिधित्व गर्दै भारतका अर्थ राज्यमन्त्री चौधरीसँग नवलपरासीको सर्वाङ्गीण विकास तथा रणनीतिक आयोजनाहरूबारे छलफल गर्न पाउँदा खुसी लागेको छ।’

सम्बन्धित खबर