काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यादेश ल्याउने सरकारको पछिल्लो निर्णयप्रति टिप्पणी गरेका छन् । नेता भट्टराईले सामाजिक सञ्जालमा आज बिहान स्टाटस लेख्दै सरकारको यो कदमलाई कास्टिङको संज्ञा दिएका छन् ।
नेता भट्टराईले नेता रेशमलाल चौधरी, आफताब आलम लगायतको विषयको पूरा सिरिज आउन बाँकी रहेको भन्दै लेखेका छन्, “रेशमको नाम, अफ्ताबको काम, राजनीतिमा अपराधीकरण, अपराधको राजनीतिकरण, देश भाँडमा जाओस् कि व्यवस्था बदनाम होस्, के मतलब ।”
सरकारको पछिल्लो निर्णयले मुलुकमा अपराधीकरणलाई बढावा दिने भन्दै सचिव भट्टराईले भनेका छन्, “गठबन्धन रहुञ्जेल यो त कास्टिङ मात्र हो, पूरा सिरिज त आउन बाँकी नै छ ।”