काठमाडौं । धनुषा शसस्त्र प्रहरीले स्रोत खुल्न नसकेको नगद २४ लाखसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुबनी जिल्लाको माङ्गपट्टी बस्ने २४ वर्षीय उमेश कुमार यादव रहेको छ ।
मंगलबार प्रदेश २-०२-००५ प ५७९८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा उनलाई धनुषाको विदेह नगरपालिका(९ बाट २४ लाख १७ हजार नगदसहित पक्राउ गरिएको शस्त्र धनुषाका एसपी प्रकाश कुमार सुवेदीले जानकारी दिए ।
मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा उनलाई नगदसहित पक्राउ गरिएको हो। मोटरसाइकलको ट्यांकी भित्र राखेको हजार रुपैयाँको १२ बण्डल र पाँच सयको २४ बण्डल नेपाली रुपैयाँ गरी २४ लाख १७ हजार नगद बरामद भएको शसस्त्र प्रहरी जनाएको छ ।