काठमाडौं । वामपन्थी सरकार गठनको विषयमा चर्चा चलिरहेको बेला नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । मंगलबार साँझ ओलीलाई भेट्न महासचिव गुरुङ बालकोट पुगेका थिए ।
अध्यक्ष ओली प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि बधाई दिनमात्रै गएको महासचिव गुरुङले बताएका छन् ।
उनले भने, ‘उहाँ विजयी हुनुभएको छ । उहाँलाई बधाई दिनमात्रै गएको हुँ । सरकार गठनको विषयमा छलफल भएको छैन’