काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका छन्।
देशको नेतृत्व आफूले गर्न पाए भ्रष्टाचार नियन्त्रण गर्ने उनले बताए। ‘मसँग सायद अब धेरै वर्ष समय छैन। तपाईंहरुको आशीर्वाद लाग्यो, तपाईंहरुको माया र तपाईंहरुको शुभकामनाले काम गर्यो भने मलाई लाग्छ, म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु,’ बुधबार कास्कीको एक विद्यालयको हीरक जयन्ती महोत्सवमा सम्बोधन गर्दै प्रचण्डले भने। पहिलो पटक प्रधानमन्त्री हुँदा राम्रोसँग बुझ्न नपाएको र दोस्रो पटक भने केही राम्रा काम गरेको उनको भनाइ थियो।