‘रातको समयमा झारफुक गर्दा बिरामी ठिक हुन्छ’ भन्दै महिलालाई बलात्कार गर्ने हरिजन पक्राउ

दियो पोस्ट  

काठमाडौं । झारफुक गर्ने भन्दै एक धामीले महिलालाई बलात्कार गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । गत मङ्सिर २० गते २७ वर्षीय महिलालाई झारफुकको बहानामा बलात्कार गरेको अभियोगमा कपिलबस्तुको वाणगंगा नगरपालिका १० स्थित मेचकुरीका २७ वर्षीय पप्पु हरिजन पक्राउ परेका हुन् ।

गत २० गते जबरजस्ती करणी गरी फरार रहेका उनलाई पीडित महिलाको जाहेरीपछि प्रहरीले मंगलबार पक्राउ गरेको हो । बिरामी रहेकी ती महिलालाई हरिजनले रातको समयमा झारफुक गरे ठिक हुने भन्दै जबरजस्ती करणी गरेको पीडित महिलाले उजुरीमा बताएकी छन् ।

पक्राउ परेका हरिजनले यसअघि पनि यस प्रकारको आपराधिक कार्य गरेको हुन सक्ने भन्ने सूचनाको आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।