महोत्तरी । दाइजोको निहुँमा घरबाट श्रीमानको कुटिएर निकालिएकी नेहा चौधरी सासू र ससुरालाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै सडक आन्दोलनमा आएकी छन् ।
नेहाले आज मध्यान्हबाट महोत्तरीको रामगोपालपुर सडकमा आन्दोलन सुरू गरेकी हुन् । उनीसँगै कुमारी आमा निहारिका राजपुत पनि छन् । उनीहरू विद्यार्थी र केही युवाको सहयोगमा सडकमा टायर बालेर आन्दोलन सुरू गरेकी छन् ।
रामगोपालपुर चोकमा अहिले सवारी साधन ठप्प छ । ठाउँठाउँमा टायर बालिएको छ । उनीहरूले यातायात अवरुद्ध पारेका छन् ।
गत फागुनमा रामगोपालपुर ५ का पंकज चौधरी र नेहाबीच विवाह भएको थियो । नेहाका परिवारले दाइजो र विवाहमा करिब करोडौं खर्च गरे । तर, पनि दाइजो पुगेन भन्दै नेहालाई परिवारबाट यातना दिन थालियो ।
केही दिनअघि श्रीमानबाट कुटिएर थला परेकी नेहालाई माइत पक्षले उद्धार गरेर अस्पताल उपचारका लागि लगियो । यो बीचमा उनका श्रीमान् पंकजले अदालतमा डिभोर्स मुद्दा दिएकी छन् । यता नेहाले पनि श्रीमान् सासू–ससुरालाई पक्राउ गर्न माग गर्दै घरेलु हिंसा र दाइजोसम्बन्धी मुद्दा दर्ता गरेकी छन् ।
प्रहरीले पंकजलाई पक्राउ गरेको छ । डाक्टरसमेत रहेका पंकज अहिले प्रहरी हिरासतमै छन् ।