विश्वकप फाइनल २०२२ : मेसी र डि-मारियाको गोलमा अर्जेन्टिनाको अग्रता

दियो पोस्ट  

काठमाडौं । कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनाले सुरूआती अग्रता लिएको छ।

लुसिल स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले पहिलो हाफमा फ्रान्सविरूद्ध दोहोरो अग्रता बनाएको छ ।

अर्जेन्टिनाका लागि मेसी र डि मारियाले १-१ गोल गरे।

खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका हुन्।

फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर पाएको थियो। जसमा मेसीले सहजै गोल गरे।

यस्तै खेलको ३५ औं मिनेटमा डि मारियाले गोल गर्दै अग्रता दोब्बर पारे। एलिक्स म्याक एलिस्टरको पासमा मारियाले गोल गरे।

सिफारिस