
LUSAIL CITY, QATAR - DECEMBER 18: Lionel Messi of Argentina kisses the FIFA World Cup Trophy during the FIFA World Cup Qatar 2022 Final match between Argentina and France at Lusail Stadium on December 18, 2022 in Lusail City, Qatar. (Photo by Matthew Ashton - AMA/Getty Images)
काठमाडौं । अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका लिओनल मेस्सीले तत्काल सन्यास नलिने बताएका छन् ।
उनले टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा आफूले अझै खेल्ने बताए । ‘मेरो लागि लगभग खेल जीवनको अन्त्यमा सफलता आयो । म राष्ट्रिय टिमको समूहमा रहन चाहन्छु । म विश्व च्याम्पियन भएर अझै केही खेलहरू खेल्न चाहन्छु ,’ मेस्सीले भने ।
उनले आफूले चाहेको सबै कुरा पाएको र योभन्दा बढी भगवानसँग माग्न नसक्ने बताए ।
*मेस्सी हुनेपर्नेमा मेसी लेखिएको थियो, त्यसलाई सच्याईएको छ ।