यी हुन् एएफपीले विश्वकप २०२२ बाट छनोट गरेको उत्कृष्ट ११ खेलाडी

दियो पोस्ट  

काठमाडौँ । फ्रान्सेली समाचार संस्था एएफपीले आफ्ना समाचारदाताहरुको सहयोगमा विश्वकप २०२२ को उत्कृष्ट ११ खेलाडी छानेर टिम बनाएको छ । यसका लागि ४–३–३ को शैली अपनाइएको छ ।

ह्युगो लोरिस (गोलरक्षक)

चार वर्षअगाडि फ्रान्सले विश्वकप जित्दाका कप्तान तथा गोलरक्षक ह्युगो लोरिस पोस्ट अगाडि उत्कृष्ट रहे । विशेषतः इंग्ल्यान्डविरुद्ध क्वाटरफाइनल र मोरक्कोविरुद्ध सेमिफाइनलमा उनले केही उत्कृष्ट बचाउ गरे । यस विश्वकपकै क्रममा लिलियन थुरामलाई उछिनेर उनी फ्रान्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी भएका छन् ।

जोसिप जुरानोभिच

यी खेलाडीले क्रोएसियाको नयाँ पुस्ताका खेलाडीको प्रतिनिधित्व गर्दै छन् । सन् २०१८ को विश्वकपको यात्रा तय गर्दा जोसिप जुरानोभिच प्रमुख खेलाडी थिए । अहिले २७ वर्ष पुगेको सेल्टिकका राइक ब्याट आफ्नो भूमिकामा अब्बल रहे । ब्राजिललाई क्वाटरफाइनलमा हराउँदा उनले टिमका लागि प्रमुख भूमिका खेले ।

राफेल भारानलोरिस जस्तै राफेल भारान पनि फ्रान्सेली टिमका मध्यपंक्तिका खम्बा हुन् । उनी फ्रान्सले चार वर्षअगाडि विश्वकप जित्दाका सदस्य हुन् । प्रशिक्षक डिडियर डेसच्याम्पको रणनीतिका उनी प्रमुख खेलाडी हुन् । चोटका कारण सुरुआती खेल गुमाएका भाराने टिममा फर्केयता कडा मिहिनेत गरेर खेलेका छन् ।

जोस्को गभार्डियोल

उनी भर्खर २० वर्षका भए, तर यही उमेरमा पनि यस विश्वकपका ठूलो स्टार बनेर निस्केका छन् । गभार्डियोलकै उत्कृष्ट खेल मदतमा क्रोएसियाले सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । नाकको चोटका कारण सुरक्षात्मक मुखौटा लगाएर खेलिरहेका गभार्डियोलले प्रशंसायोग्य खेल खेले ।

मार्कोस अकुना

अर्जेन्टिनाका लागि ३१ वर्षीय प्रभावशाली खेल प्रदर्शन गरे । उनले सेमिफाइनल भने खेल्न पाएनन् नेदरल्यान्ड्सविरुद्धको तनावपूर्ण क्वाटरफाइनलमा कार्ड खाएको हुनाले । सेभियाका पनि प्रमुख खेलाडी रहेका मार्कोस लेफ्ट ब्याकबाट खेल्छन्, तर चाहिएका बेला अगाडि बढेर आक्रामक हुन सक्छन् ।

एन्टोनी ग्रिजमन

फ्रान्सका लागि पूरा एक वर्ष कुनै गोल गर्न असफल एन्टोनी ग्रिजमन यस विश्वकपमा भने फरक खेलाडी साबित भएका छन् । प्रशिक्षक डेसच्याम्पका लागि उनी पूर्णतः परिपक्व मिडफिल्डर साबित भएका छन् । अहिले यी ३१ वर्षीय खेलाडी प्लेमेकरको भूमिकामा छन् । मैदानमा कडा परिश्रमिक गर्ने उनी गोलको अवसर सिर्जना गर्न सक्षम भएका छन् ।

सोफयान अम्राबात

मोरक्कोले सेमिफाइनलसम्म तय गरेको यात्रामा सबैभन्दा ठूलो भूमिका यी खेलाडीको छ । कुनै पनि अफ्रिदी र अरब देशका लागि सबैभन्दा राम्रो प्रदर्शन मोरक्कोको नाममा भएको छ । यसमा उनी योगदानका आधारमा सबैभन्दा अगाडि छन् ।

यी २६ वर्षीय नेदरल्यान्ड्समा जन्मेका २६ वर्षीय फिओरेन्टिना खेलाडीले पोर्चुगललाई हराउन प्रमुख भूमिका खेलेका थिए ।

जुड बेलिङ्घम

यस विश्वकपमा इंग्ल्यान्डका लागि केही राम्रो भएको छ भने त्यो बोरुसिया डर्टमन्डका खेलाडी जुड वेलिङ्घमको उदय हो । मिडफिल्डमा राम्रो खेल्दै उनले इरानविरुद्ध एक गोल गरे । सेनेगलविरुद्ध अन्तिम १६ मा प्राप्त जितमा एक गोलका लागि अवसर पनि सिर्जना गरे । तय छ अब खेलाडी बजारमा उनको मूल्य चर्को लाग्नेछ ।

लियोनल मेसी

आफ्नो व्यक्तिगत पाँचौं विश्वकप खेलिरहेका लियोनल मेसी ३५ वर्षका उमेरमा सर्वाधिक उत्कृष्ट देखिएका छन् । उनकै खेल मदतमा अर्जेन्टिनाले उत्कृष्ट लय समात्दै अगाडि बढ्न सफल भएको हो । उनले गोलमात्र गरेका छैनन्, अन्य गोललाई उत्कृष्ट अवसर सिर्जना गरेका छन् ।

रिचार्लिसन

यस उत्कृष्ट ११ खेलाडी सूचीमा परेका रिचार्लिसन एक्ला ब्राजिली खेलाडी हुन् । यसका लागि उनले ओलिभर जिरुड र जुलियन अल्भारेजलाई पनि उछिनेका छन् । टोटेनहमका यी खेलाडीले यस विश्वकपकै सर्वाधिक उत्कृष्ट गोलका रूपमा सर्बियाविरुद्ध गरेका थिए । ब्राजिलका लागि उनको प्रदर्शन सम्झनलायक रह्यो ।

केलियन एमबाप्पे

फ्रान्सले रच्ने आक्रमणमा एमबाप्पे साँच्चै घातक अस्त्र साबित भएका छन् । उनी भर्खर २४ वर्षका भए, उनको खेल अहिले नै परिपक्व भएको छ । त्यसै कारण उनी फ्रान्सका प्रतिद्वन्द्वीका लागि निकै घातक साबित भएका छन् । कतारमा उनले गोल त गरेकै छन्, अन्य गोलमा पनि उत्तिकै सहजकर्ताको भूमिका खेलेका छन् ।

एलेक्सी म्याकएलिस्टर

अर्जेन्टिनाको उपाधि यात्रामा म्याकएलिस्टरले प्लेयर अफ द फाइनल प्रदर्शन गरे । उनकै सानदार पासमा एन्जल डी मारियाले ३६ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए । अतिरिक्त ३० मिनेटको खेलमा २६ औं मिनेटमा उनले मैदान छाडेका थिए । प्रिमियर लिगको टोली ब्राइटनबाट खेल्ने २३ वर्षे उनले यस विश्वकपमा ६ खेल खेल्दै एक गोल गरे । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट १३ खेल खेल्दै उनले गरेको यही एक गोल हो । अर्जेन्टिनाको विश्वकप छनोट यात्रामा उनले २ खेल खेलेका थिए ।