धादिङको बिहानीपम्पमा बस र माइक्रो ठोक्किँयोः एक महिलाको मृत्यु, १५ घाईते

दियो पोस्ट  

काठमाडौं । धादिङमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १ बजे गजुरी गाउँपालिका-२ बिहानीपम्पस्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट बेसिशहर जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो (हाइस) र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २६४४ नम्बरको बस ठोक्किएका हुन् ।

माइक्रोमा सवार अन्दाजी २८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार ती महिलाको सनाखत भएको छैन ।

उनको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो। शव केन्द्रमै राखिएको छ ।

यस्तै, माइक्रोमा सवार ११ जना र बसमा सवार चार जना गरी १५ जना घाइते छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको बताएको छ ।

*फिचरमा प्रयोग गरिएको तस्बिर विकास रौनियारको फेसबुकबाट लिईएको हो।