उपचारपछि चीनबाट स्वदेश फर्किए वर्षमान पुन, विमानस्थलमा नेताहरुको भव्य स्वागत

दियो पोस्ट  

काठमाडौं । नेकपा मओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त उपचारपछि चीनबाट आज स्वदेश फर्किएका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि पुन तीन सातापछि नेपाल फर्किएका हुन् । उनी चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । वंशाणुगत जण्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए । उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको थियो । पुनको स्वागतमा नेताहरु शालिकराम जमकट्टेल, विमला सुवेदी, युवराज दुलाल, सरल सहयात्री पौडेल, डिपी ढकाल, दुर्गा चापागाईं, अमनलाल मोदी, रन्जित तामाङ, सुरेन्द्र बस्नेतलगायत विमानस्थल पुगेका थिए ।