१० वर्षीया छोरी बलात्कार गरेको आरोपमा आफ्नै बुवा पक्राउ

दियो पोस्ट  

काठमाडौँ । कञ्चनपुरमा १० वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।

मंगलबार राति नाबालिक छोरी बलात्कार आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुवा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनले आफ्नै नाबालिका छोरीमाथि बलात्कार गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

घर परिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए ।

हिजो राति नै बालिकाको स्वास्थ्य जाँच गरिएको उनले बताए ।

बालिकाकी आमाले दोस्रो विवाह गरेपछि उनी हजुरआमासँग बस्दै आएकी थिइन् ।