राष्ट्रहितका मुद्दा पहिलो प्राथमिकता : सोविता गौतम

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रहितको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताएकी दाबी गरेकी छन् । बिहीबार शपथग्रहण प्रश्चात् संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसद गौतमले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले एउटा सांसद मात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्रहितको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय रहने बताएकी हुन् । उनले आफूहरु कानुनी निर्माण गर्ने ठाउँमा आएकाले हरेक नेपाली नागरिकको जनजीविकाको विषयमा संसदमा आवाज उठाउने समेत बताइन् ।