आजै रिहा हुने भए चार्ल्स शोभराज, कारागारभित्रै स्वास्थ्य परीक्षण गरिँदै

दियो पोस्ट  

काठमाडौं । चार्ल्स शोभराज बिहीबार नै थुनामुक्त हुने भएका छन् ।सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ताको व्यवस्था गर्न आदेश दिएसँगै उनी केन्द्रीय कारागारबाट रिहा हुन लागेका हुन् । शोभराजलाई छाड्नुपर्ने भन्दै रिट लिएर अदालत जाने गोपाल शिवाकोटी चिन्तनले उनी बिहीबार नै रिहा हुने बताए ।

रिहा भएपछि शोभराजलाई अध्यागमन विभागमा लगिनेछ । अहिले केन्द्रीय कारागारभित्रै शोभराजको स्वास्थ्य परीक्षण गरिँदैछ ।