काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो कार्यकाल आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न सत्ता गठबन्धनभित्र प्रस्ताव गरेका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आफूसहित सत्ता गठबन्धनका तीन शीर्ष नेताबीचको बैठकमा प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलका क्रममा प्रचण्डले यस्तो प्रस्ताव गरेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रचण्डको उक्त प्रस्तावमा देउवाले छलफल गर्न सकिने जवाफ दिएको स्रोतको भनाइ छ ।
यस्तै बैठकमा राजकीय अन्य पदमा भागबण्डाका विषयमा पनि सामान्य छलफल भएको थियो ।
प्रचण्डको सचिवालयले आज सामान्य छलफल भएको र शुक्रबार फेरि बैठक बसेर थप छलफल हुने जनाएको छ । बिहीबारमात्रै प्रचण्ड संसदीय दलको नेता चयन भएका थिए ।