बारामा गोली चल्यो, भारतीय नागरिकको मृत्यु

दियो पोस्ट  

वीरगञ्ज । बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।

भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारास्थित एलएस न्युरो अस्पतालले जनाएको छ ।

बाराको महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञान समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भएका थिए ।