हँसिलो मुहारमा स्वदेश फर्किए ‘बिकिनी किलर’

दियो पोस्ट  

काठमाडौं । बिकिनी किलरका रुपमा परिचित चार्ल्स शोभराज हँसिलो मुहारमा स्वदेश फर्किएका छन् ।

नेपालबाट डिपोर्ट भएका उनलले पेरिसमा गएर क्रिसमस मनाउने समेत बताएका छन् ।विमानस्थलमा कतारक उड्नुअघि अध्यागमनका कर्मचार र प्रहरीसित उनले पेरिसमा क्रिसमस मनाएर रमाइलो गर्ने बताएका हुन् ।

उनले सञ्चार माध्यमसँग बोल्ने केही कुरा आफूसँग नभएकाले पत्रकारको अघि नपरेको पनि बताएका अध्यागमनका एक कर्मचारीले बताए ।

५० हजार रुपैयाँ जरीवानासहित १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट भए पनि उनी खुसी देखिएका थिए । ‘उनी निक्कै खुसी भएर हामीसित बिदा हुँदै हँसिलो मुहारमा विमान चढे,’ अध्यागमनका एक कर्मचारीले भने ।

कतार एयरवेजमार्फत डिपोर्ट भएका उनी साढे ४ घन्टा दोहामा ट्रान्जिट बसेर पेरिस उड्ने छन् । उनी फ्रान्सको समय अनुसार शनिबार बिहान ६:३५ बजे पेरिसमा उत्रने छन् ।

 

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले दिएको आदेशपछि बिहीबार उनी जेलमुक्त भएका हुन्।

व्यक्ति हत्याको आरोपमा जन्मकैद (२० वर्ष कैद) सजाय तोकिएपछि कैद सजाय भोग्दै आएका उनी १९ वर्ष जेल बस्दै बिहीबार छुटेका हुन् । यसअघि व्यक्ति हत्याको आरोपमा उनलाई २० वर्ष कैद सजाय सुनाइएको थियो । २०८० असोज १ गते शोभराज जेल बसेको २० वर्ष पुग्दैथियो । तर, उनले आफू वृद्ध र रोगी भएको र ७५ प्रतिशतभन्दा बढी कैद बसेकाले छुट्न पाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।