एमाले-माओवादी सहित ४ दलको नयाँ गठबन्धन बनाउने तयारी, नेकपा एस बाइकट !

दियो पोस्ट  

काठमाडौं । सत्ता गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड बालकोट पुगेपछि नयाँ गठबन्धनको छलफल सुरु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नेताहरु सहभागी छन् ।

बैठकमा जसपा अध्यक्ष अशोक राई पनि छन् । एमाले, माओवादी, रास्वपा र जसपाका नेताहरुको बैठक बालकोटमा शुरु भएको हो ।

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि ओलीलाई भेटेका थिए ।