काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।
नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण आज अपरान्ह ४ बजेका लागि समय तय भएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीले जानकारी दिए।
उनलाई प्रतिनिधि सभाका १७० भन्दा बढी सांसदको समर्थन रहेको जनाइएको छ। उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीको समर्थन रहेको छ ।
यस्तै, नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथसँगै आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ । पहिलो चरणमा एमाले र माओवादीबाट मात्र मन्त्री नियुक्त हुने र त्यसपछि साना दलले निर्णय गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ ।