रवि लामिछाने र सिके राउत पनि आजै मन्त्री बन्ने

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउत आजै मन्त्री बन्ने भएका छन् । नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बन्न साथ दिएको रास्वपा र जनमत पार्टीका नेतृत्वकर्ताहरु मन्त्री बन्ने भएका हुन् ।

प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रचण्डले आज दिउँसो पद तथा गोपनियताको सपथ लिने भएका छन् । यस्तै, माओवादी केन्द्रबाट एक जना र एमालेबाट चार जना मन्त्री बन्ने भएका छन् । जसमा माओवादीबाट नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भएका हुन् ।

यसैगरी एमालेबाट पार्टी उपाध्यक्ष विष्णु पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई मन्त्री बन्ने भएका छन् ।