नारायणकाजी उपप्रधानसहित परराष्ट्र मन्त्री बन्ने

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने भएका छन्।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिएसँगै मन्त्री श्रेष्ठले पनि शपथ लिने कार्यक्रम छ। प्रचण्डले आजै सानो आकारमा मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्।

माओवादी उपाध्यक्षसमेत रहेका श्रेष्ठ राष्ट्रिय सभा सांसद हुन्। माओवादीका एक नेताले दिएको जानकारीअनुसार श्रेष्ठ उपप्रधान र परराष्ट्र मन्त्री बन्ने सहमति भएको छ।