काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत काठमाडौंमा डेरा खोज्न थालेका छन्। काठमाडौंमा कोठा खोज्नै गाह्रो भएको उल्लेद गर्दैै सामाजिक सञ्जालमार्फत राउतले आज पनि कोठा खोज्न जान लागेको बताएका छन्।
गत ४ मंसिरमा भएको निर्वाचनमा प्रतिनिधिसभातर्फ ६ सिट प्राप्त गरेको उनको दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ।
तर, उनले आफू मन्त्री बन्ने दौडमा भने नभएको पनि बताएका छन्। ‘काठमाडौं बस्न डेरा–घर खोज्नै गार्हो, आज पनि जाँदैछु, ‘बरू काठमाडौं भएको बेला एकान्तमा यस्तै ३डाँडाकाँडातिर बसौंबसौं लाग्ने कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू। ’
उनले भक्तपुरको घ्याम्पेडाँडस्थित पाइलट बाबा जाँदाको तस्बिर समेत सेयर गरेका छन्।