आरआर क्याम्पसमा खुकुरी ‘हानाहान’, तीन जना घाइते

दियो पोस्ट  

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा रहेको आआर क्याम्पसमा खुकुरी प्रहार भएको छ ।

स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरूबीच विवादका क्रममा खुकुरी प्रहार भएको हो ।

नेकपा एमालेको निकट विद्यार्थी संगठनका नेताहरुबिच एक आपसमा झडप भएको हो ।

स्रोतका अनुसार आरआर क्याप्पसभित्र रहेको मदन भण्डारी समुह र लोकेन्द्र खड्का समुहबिच खुकुरी हानाहान भएको हो ।

खुकुरी प्रहारबाट केही विद्यार्थी नेता घाइते भएका छन् ।

सिंहदरबार प्रहरी कार्यालयका अनुसार घटनामा तीन जना घाइते भएका छन् ।