काठमाडौं । धादिङ्गको श्रोत परिचालन ऋण तथा बचत सहकारी संस्थाले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेको छ । शुक्रबार विहान सहकारीका संचालकहरुले एक पीडितको जग्गा लिलाम दाखिल खारेज गरेको विषयमा समाचार प्रकाशन गरेको थियो ।
पीडित मेघराज पोखरेलले आफूमाथि सहकारी संचालकहरुले ठगी गरेको भन्दै प्रमाणसहित लगाएको आरोपबारे प्रकाशित समाचारले आफूहरुको ध्यानाकर्षण भएको सहकारीले जनाएको छ ।
सहकारीका महासचिव नवराज पाठकले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेका हुन् । यस्तो छ उनले प्रेसित गरेको खण्डन जस्ताको तस्तै
प्रेस विज्ञप्ती
२०८० मंसिर १५ गते काठमाडौंबाट प्रकाशित हुने दियोपोष्ट नामक अनलाइन संचारमाध्ययमा ‘धादिङमा सहकारीको आवरणमा घरजग्गा खाने गिरोह ः किर्ते गरेर करोडको जग्गा कब्जा’ शीर्षकमा प्रकाशित समाचारप्रति यस सहकारीको गम्भीर ध्यानाकर्षण भएको छ ।
कुनैपनि विवादित कुराहरुको समाचार बनाउदा दुवै पक्षको कुरा राख्ने संचारको सर्वमान्य सिद्धान्तलाइ ख्यालै नगरी एकपक्षीय, कपोलकल्पित, भ्रामक तथा सहकारी र संचालकहरुलाई बदनाम गर्ने कुनियतका साथ प्रकाशित समाचारको हामी कडा शब्दमा भत्र्सना गर्दछौँ र समाचारको खण्डन गर्दछाँै ।
समाचार प्रकाशित गर्नुपुर्व सहकारीका संचालकहरु कसैसँग पनि यस विषयमा सोधपुछ नगरिएको र कार्यालयबाट समेत कुनै पनि जानकारी नलिनुले संचार माध्ययकै नियतमाथि हामीलाई शंका पैदा भएको छ ।
समाचारमा उल्लेख भएअनुसार सहकारीका वर्तमान अध्यक्ष रुद्र बहादुर खत्री, निवर्तमान अध्यक्ष प्रदीप अधिकारी र वडा अध्यक्ष गौतमहरि अधिकारीको फोटो समेत राखी जग्गा कब्जा गर्ने गिरोह शब्द उल्लेख गरिएको प्रति खेद ब्यक्त गर्न चाहान्छौं ।
सहकारीले आफ्नो निति नियममा रहेर लगानी गरेको ऋणको असुलीका लागि गरिएको नियमित प्रक्रियालाई अतिरन्जित गरी करोडको जग्गा कब्जा गरेको भन्ने आरोप निराधार रहेको, समाचारमा कुनैपनि सत्यता नरहेको र यस्तो भ्रममा नपर्न सवै शेयर सदस्य, शुभचिन्तक र आम धादिङबासीमा अनुरोध गर्दछौँ ।
साथै कर्तब्य पालनाको शिलशिलामा काम गर्नुभएका नेपाल सरकारका विभिन्न पद र ओहोदामा रहनुभएका कर्मचारीहरु र जनप्रतिनिधिहरुको समेत बदनाम हुने गरि गरिएको प्रचारप्रति सहकारी दुःख ब्यक्त गर्दछ ।
सहकारीको नीति नियममा आधारित रहेर २०५४ सालमा स्थापना भएको यस सहकारीमा रहेको सम्पुर्ण बचतकर्ताहरुको बचतको सुरक्षा र लगानी गरिएको ऋण असुलीमा सहकारी प्रतिवद्ध रहेको पनि सम्पूर्ण शेयर सदस्यहरुमा जानकारी गराउँदछौँ ।
साथै यस सहकारीका शेयर सदस्य मेघराज पोखरेलको ऋण र जग्गा लिलामको प्रकरणमा निम्म बुँदाहरुबाट प्रष्ट पार्न चाहान्छौँ । ।
– २०७५ असोजको १६ गते रु १५ लाख आवाज कर्जाको रुपमा लिएको, २०७५ मंसिर १८ गते ऋण ब्यवस्थापन नीति २०७५ को बुँदा नम्वर २.२.११ अनुसार हायर पर्चेज कर्जाको रुपमा रु १५,३३,००० र २०७५ मंसिर १९ गते निज मेघराजको श्रीमती सावित्री पोखरेलको नाममा कृषि कर्जाको रुपमा रु ५ लाख गरी जम्मा ३५ लाख ३३ हजार रुपैया जग्गा धितो राखी ऋण लिएको ।
-२०७६ मंसिर महिनासम्म नियमित रुपमा साँवाब्याज किस्ता बुझाएको
– त्यसपछि साँवा ब्याज (किस्ता) तिर्न नआएको, पटक पटक मौखित, लिखित ताकेता गर्दा समेत सहकारीको सम्पर्कमा नआउने र साँवाब्याज (किस्ता) तिर्न आलटाल गरिरहेको ।
– सहकारीले किस्ता तिर्न पठाएको पहिलो ताकेता पत्र निजको श्रीमती सावित्रि पोखरेलले बुझेको, दोश्रो ताकेता पत्र स्वयं मेघराज पोखरेल ले नै बुझेको र २०७७ माघ १४ गते पठाएको अर्को तोकता पत्र पनि स्वंयले बुझेर हस्ताक्षर गरी १५ दिनभित्र हिसाव मिलान गर्न आउछु भनेर प्रतिवद्धता जनाएको ।
– त्यसपछि हिसाव मिलान गर्न नआएको । निज मेघराज कुनैपनि माध्ययमबाट सहकारीको सम्पर्कमा नआउँदा ऋण ब्यवस्थापन नीतिको परिच्छेद ४ को दफा ४.७ बमोजिम असुली प्रक्रियामा गएको ।
– समाचारमा उल्लेख भए अनुसार गाडी सहकारीको अधिनमा (सहकारीको नाममा दर्ता रहेको) रहेको कुरा साँचो हो । तर सहकारीको नाममा रहेको उक्त गाडी निज मेघराजबाट सहकारीले नियन्त्रण लिएको नभइ निजको ब्यक्तिगत कारोवार मिलाउन तेश्रो ब्यक्तिलाइ चलाउन दिएपछि सहकारीले तेश्रो ब्यक्तिबाट नियन्त्रणमा लिएको ।
– त्यसपछि २०७८ असोज ११ गते १० लाख रुपैया बुझाएको । त्यस रकमबाट श्रीमतीको नाममा रहेको ऋणको वाँकी साँवा रु ४,५४,४०० मध्ये ८,१९७ साँवा घटेको, तीनवटै ऋण शीर्षकको ब्याज रु ६,९०,६०३ रुपैया घटेको र सहकारी नियमअनुसार रु ३,०१,२०० हर्जना काटिएको ।
– २०७८ कार्तिकको ९ गते साँवा र ब्याज गरेर रु १३,१७,४२५ रुपैया पैसा बुझाइ हायर पर्चेज कर्जा चुक्ता गरी सो बापत राखिएको धितो फुकुवा गरी अन्य वित्तिय संस्थामा कारोवार गर्न गएको ।
– त्यसपश्चात सहकारीको नाममा रहेको गाडी नामसारी गरी निजलाइ फिर्ता लैजान पटक पटक लिखित मौखिक अनुरोध गर्दा पनि हालसम्म गाडी बुझि नलिएको र वाँकी शीर्षकका ऋणहरु चुक्ता नगरेको
– निज मेघराज पोखरेलले आवास कर्जाको रुपमा लिएको ऋणको साँवा रु १३,२५,००० वाँकी रहेको, र श्रीमतीको नाममा रहेको ऋणको साँवा रु ४,४१,८३२ रुपैया गरी कुल रु १७,६६,८३२ ऋण वाँकी रहेको अवस्थामा ऋण तिर्न कुनैपनि चासो नदेखाएपछि मिति २०७८ पौष ३० गते निजको धितो बापतको जग्गा प्रक्रिया अनुसार लिलामीमा गएको र सहकारीले आफ्नो नाममा दाखा गरी राखेको
– सहकारीको ऋण ब्यवस्थापन नीति २०७५ परिच्छेद ५ को दफा ५.११ बमोजिम धितो लिलामीमा गएर सहकारीको नाममा दाखा भएको जग्गा(धितो) ६ महिनाभित्र हिसाव राफसाफ गरी फिर्ता लैजान पाउने प्रावधानको समेत निजले समय गुजारेपछि भर्खरै सम्पन्न २६ औं साधारण सभाबाट उक्त अचल सम्पती सस्थाले चल सम्पतीमा रुपान्तरण गर्न साधारण सभाबाट अनुमति लिएको ।
र अन्तमा यस सहकारीको विषयमा कुनैपनि समाचार प्रकाशन प्रशारण गर्नुपुर्व सस्थाका जिम्मेवारी ब्यक्तिहरुसंग सोधपुछ गरेर मात्रै समाचार प्रकाशन प्रशारण गर्न अनुरोध गर्दछाँै ।
नवराज पाठक
महासचिव