‘राज्य नै सार्वजनिक विद्यालयलाई बर्बाद गरेर निजी क्षेत्रमा लगानी गर्न तयार भयो’ : शंकर अधिकारी

दियो पोस्ट  

काठमाडौं । गत असोज ३ गतेदेखि सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा शिक्षकको हकहितका विषयहरू उल्लेख नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरूले आजदेखि काठमाडौँ केन्द्रित आन्दोलन शुरु गरेका थिए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासङ्घको अगुवाइमा शिक्षकहरू आन्दोलनमा उत्रिएका थिए । सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने सहितका माग राखेर शिक्षकहरू आन्दोलित भएका शिक्षकहरुले सरकारसँगको सम्झौतापछि आन्दोलन स्थगित गरेका थिए ।

एकीकृत अखिल नेपाल शिक्षक संघको अध्यक्ष शंकर अधिकारी विगत लामो समयदेखि शिक्षकको हक अधिकारका लागि संघर्षरत छन् । दियोपोस्टकर्मी खुमा ओलीसँग अध्यक्ष अधिकारीले शैक्षिक आन्दोलन, शिक्षक हक अधिकार र हालै भएको शिक्षक आन्दोलनको उपलब्धी आगामी कार्यभारबारे लामो विमर्श गरेका छन् ।

प्रस्तुत छ दियोपोस्टका लागि अधिकारीले दिएको भिडियो अन्तर्वार्ता :