ओखलढुंगा कांग्रेसको पार्टी कार्यालय र जिल्ला सम्मेलनको केन्द्रिय सभापति देउवाद्धारा उद्घाटन

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेस ओखलढुंगाको पार्टी कार्यालय र जिल्ला सम्मेलनको केन्द्रिय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । नवनिर्मित वीपी स्मृति भवनको पार्टीका केन्द्रिय सभापति देउवाद्धारा उद्घाटन गरिएको हो ।

आज प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्न ओखलढुंगा आएका देउवाले भवन उद्घाटन गरेका छन् । त्यस्तै आजै जिसस परिषरमा आयोजित प्रथम जिल्ला सम्मेलनको समेत देउवाले उद्घाटन गरेका छ्न् ।

भवन उद्घाटन र सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले ओखलढुंगा जिल्ला आफैमा गौरब गर्न लायक शहिदहरुको जिल्ला रहेको बताए । सङ्घियताको बाटो बाट देशको समृद्धि हुने उध्घोष गरे । वरिष्ठ नेता शेखर कोईरालाले ओखलढुंगाको समृद्धिको लागि अब काङ्ग्रेसले पहल गर्ने बाचा गरे । उनले एनसेल काण्डको छानबिन हुनु पर्ने बताए । महामन्त्री गगन थापाले अब तालिका बनाएर पार्टी सम्मेलनहरु गराउने बताए ।

स्थानीय, प्रदेश र केन्द्रमा जताततै काङ्ग्रेसका सरकार भएकाले अब अलमल गरेर बस्न नसकीने प्रष्ट पारे । पार्टी हुने खानेको होइन हुदा खानेको बनाएरै छाड्ने ठोकुवा गरे । देश र संविधान माथी आईपर्ने कठिनाईको सम्बोधन काङ्ग्रेसले गर्ने बताए । सभापति देउवासँगै नेता शेखर कोइराला, महामन्त्री गगन थापा, केन्द्रिय सदस्यहरु मीन बिश्वकर्मा, रामहरि, खतिवडा र प्रदीप सुनुवार, कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, कोशीका मुख्यमन्त्री केदार कार्की लगाएतको उपस्तिथि रहेको थियो ।

ओखलढुंगा सदरमुकाममा कांग्रेसका हजारौं नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको छ । सम्मेलन भोलि सम्म जारी रहने छ । पार्टीले सम्मेलनको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।