राणा घरानाकी बुहारीमाथि १ करोड ७० लाखको गहना चोरीको आरोप, प्रमाण सहित जाहेरी !

दियो पोस्ट  

काठमाडौं । हरेक घर परिवारमा भित्रिएकी बुहारीमाथि सासु र ससुराको ठूलो भरोसा रहन्छ । फलस्वरुप परिवारले बुहारीलाई घरको तालाचाबी नै जिम्मा लगाएका हुन्छन् । सासु ससुराको हेरचाहमा अब्बल भएका बुहारीहरु समाजमा यत्रतत्र छन् । तर, ससुरा विरामी भएर थलिएको बेला काठमाडौंकै एक राणा घरानाकी बुहारीले करोडौँको गहना चोरी गरेको अपवाद भेटिएको छ ।

सिसिटिभी फूटेजको स्क्रिन सर्ट (दियोपोस्टसँग भिडियो नै सुरक्षित रहेको छ)

ती बुहारीमाथि चोरीको अभियोग सहितको जाहेरी प्रहरी कार्यालयसम्मै पुगेको छ । महानगरीय प्रहरी बृत गौशालामा दर्ता भएको एउटा जाहेरी अनुसार ती बुहारीले करोडौँ गहना मात्रै होइन रकम समेत चोरीको आरोप लागेको छ । उनी विरुद्ध आफ्नै श्रीमानले प्रहरीमा जाहेरी दिएका छन् । यसरीको चोरीको आरोप लागेकी बुहारीको नाम हो सैलेशा बास्कोटा ।
बास्कोटाकै श्रीमान सुमेर शम्शेर जबराले गौशाली प्रहरीमा चोरीको जाहेरी दिएका हुन् ।

प्रहरी स्रोतबाट प्राप्त जानकारी अनुसार सुमेरले सैलेशा विरुद्ध चोरीको प्रमाण सिसिटिभी फूटेज समेत बुझाएका छन् । मनिसा भट्टराई बास्कोटाकी छोरी रहेकी उनको ईतिहास पनि चानचुने छैन । उनी कुनै समय नक्कली अर्बपति बनेर मिडियामा छाएका रशेन्द्र भट्टराईकी नातिनी हुन् । कान्तिपुर दैनिक नै भट्टराईको झूटको शिकार बनेको खबर पत्रकारीताका विद्यार्थीलाई पढाइने गरेको छ । उनै रशेन्द्रकी नातिनी सैलेशाले आफ्नै बाजेको पथ पछ्याएको आरोप छ ।

विगत २ हप्ता अघि अर्थात २०८० मंसिर १ गते बत्तिल पुतलीस्थित कञ्चन निवासको घटना हो । ‘बत्तिसपुतलीस्थित हामी बसिरहेको कञ्चन निवासमा हाम्रो परिवारको तर्फबाट दराज लगायतको विभिन्न सुरक्षित ठाउँमा राखिएको अन्दाजी रु एक करोड ७० लाख रुपैयाँ पर्ने तपशिलको गरगहना लुगा फाटा निज कसुरदारको ससुरा बुवा स्ट्रोक भई हस्पिटलाइज भएको मौका छोपी आफू दैनिक दैनिक ट्यापआउट जिम हल जाने बहानामा जिमको ब्यागमा अलि अलि गर्दै ओसारपोसार गरि आफ्नो माइती घर काठमाडौं जिल्ला कामनापा वडा नम्बर ४ नमुना मार्ग बालुवाटारमा जम्मा गरि तपशिलको सम्पूर्ण गरगहना हिरा निज कसुरदारको मिलेमतोमा अन्दाजी दुई हप्ता भित्र ओसार पोसार गरि सकेपछि कार्तिक ३० गते ५ दिनका लागि आफ्नो नातेदारको वैवाहिक कार्यक्रमको लागि कलकत्ता म निवेदकसँग जाने पक्कापक्की भएकोमा निज मसँग नगई निजको जिजु आमाको उपचारको लागि दिल्ली लैजाने बहाना बनाई निजको श्रीमान मलाई वैवाहिक कार्यक्रममा एक्लै पठाई आफू मंसिर एक गते विहान ५ बजे घर परिवार सदस्यलाई पनि थाहा जानकारी नदिई घरमा काम गर्नेलाई गेट खोल्न र सटकेश बोक्न लगाई ३ वटा सुटकेश लिई घरको पछाडीको गेटबाट कसुरदारको बुवाको गाडीमा उक्त सुटकेश राखी कसुरदार २०८० मंसिर १ गते विहान ५ बजेदेखि फरार रहेको हो,’ जाहेरीमा भनिएको छ,‘निज कसुरदार चौबिसै घण्टा परपुरुषसँग फोनमा झुण्डी रहने भएकोले निज कसुरदार परपुरुषसँग फरार रहेको भन्ने समेतको शंका रहेकोले निज कसुरदारलाई खोज तलास गरि तपशिलको गरगहना वा सो गहना बमोजिमको हाल प्रचलित रकम समेत फिर्ता गरिपाउँ ।’

 

उनले विवाह पश्चात बास्कोटाको लाखौँ रुपैयाँ जम्मा गरेको समेत बताएका छन् ।

उनले आफ्नो चोरी भएको २१ वटा आइटम समेत खुलाएकी छन् । जसमा हिराको सनिटियर २ थान औँठीदेखि दर्जनौँ सुनका गरगहना छन् । प्रहरीलाई उनले सिसिटिभी फूटेज र उनले कसुरदार बाँस्कोटाले चलाएको दराजमा रहेको गरगहनाको खाली बट्टाको तस्विर समेत बुझाएका छन् ।