
काठमाडौं । एक उपभोक्ताको घरमा खरिद गरिएको पिउने पानीमा अखाध्य वस्तु भेटिएको छ । धादिङ घर भएका हाल काठमाडौं बस्दै आएका कृष्णमान श्रेष्ठले खरिद गरेको जारको पानीमा भित्रपट्टि स्ट्रिकर भेटिएको हो ।
काठमाडौंको तारकेश्वर नगरपालिका २ मा रहेको शिवालय ईन्ड्रस्ट्रिज नामक कम्पनिले उत्पादन गरेको अक्वा जेन्युन वाटर नामक जारमा अखाध्य वस्तु भेटिएको हो ।
सर्वसाधरणले पिउने जारको पानीमा अखाध्य वस्तु राख्ने यो जार कम्पनिको टेलिफोन नम्बर समेत छैन ।